तुलसीपुर, १४ साउन । दाङमा भाईरल ईञ्फ्युञ्जाको संङक्रमण बढेको छ । वर्षाको समयमा हुने यो संङक्रमण बढेपछी स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ । दाङको तुलसीपुर स्थित अञ्चल अस्पताल देखि पाल्पाली मेडिको फर्मा र तुलसी बाल हस्पिटलमा बढि यस्ता खाले बिरामीहरु आउने गरेका छन् ।
त्यस्तै पालपालीमा सिजनल फ्युका दैनिक डेढ सय हाराहारीमा बिरामी आउने गरेको पाल्पाली मेडिको फर्माका सञ्चालक राजेन्द्रप्रशाद श्रेष्ठले बताउनुभयो । यसैगरी तुलसी सिजनल फ्युका दैनिक ७० देखि एक सय सम्म विरामी बच्चाहरु उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले बताएको छ ।।