रोल्पा १४ साउन । जिल्ला अदालत रोल्पाले गएको वर्षमा २ सय ३७ वटा मुद्दा फर्छयौट् गरेको जनाएको छ । अदालत रोल्पाले आज आर्थिक बर्ष २०७२/०७३ को विवरण तथा आगामी कार्ययोजना सार्बजानिक गर्दै एक वर्षको अवधिमा जम्मा ३ सय २३ वटा मुद्दा मध्ये ७५ प्रतिशत मुद्दा फछर्छयौट् गरेको जनाएको हो ।
सम्बन्ध विच्छेद्का १ सय ४७ मध्ये १ सय २० वटा मुद्दा फछर्यौट भएको र २७ वटा बाँकी रहेका छन् । रोल्पामा बालविवाह गर्ने प्रचलन अँझै विद्यमान हुनु र त्यसपछि सम्वन्ध विच्छेद गर्दा यस्ता घटनाहरु बढेको जिल्ला न्यायाधिश ज्ञवालीले बताउनुभयो ।
सम्बन्ध विच्छेदका मुद्दा मध्ये धेरै जसो बाल विबाह र वैदेशिक रोजगारीको कारण हुने गरेको न्यायाधिश ज्ञवालीको तर्क थियो । अदालतले चालु आर्थिक वर्षमा २ सय ५० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।।