Indrenionline.com

राजधानी कार्यान्वयनको लामो समयपछि राजधानीमा सर्यो सिटिइभिटी प्रदेश कार्यालय

इन्द्रेणी संवाददाता
लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी घोषणा गरेर सम्पूर्ण कार्यालय राजधानीमा सरेको लामो समय पछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् लुबिनी प्रदेश कार्यालय प्रदेशको राजधानी दाङमा सरेको छ ।

लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको भएको झण्डै एक बर्ष छ महिना पछि आज असार १ गते एक कार्यक्रमको आयोजना गरि लमहीको रातोडाँडामा कार्यालय स्थापना तथा कार्यालयको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले ढिलै भएपनि सिटिइभिटी कार्यालय राजधानीमा सरेर संघियता कार्यन्वयनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्यलय व्यक्तिको अनुकुल भन्दा पनि संघियताको मर्म अनुसार उपयुक्त स्थानमा हुनुपर्ने भन्दै कार्यालय सरेकोमा सबैले खुसियाली मनाउनुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै मन्त्री खत्रीले सिटिइभिटीलाई स्थानिय सरकारले जग्गा उपलब्ध गराए तत्काल मन्त्रालयले भवन निर्माण गरिदिने समेत उल्लेख गरे ।

कार्यक्रममा अतिथि लमही नगरपालिकाका प्रमुखले सिटिइभिटीलाई स्थानिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सिटिइभिटी लुम्बिनी प्रदेश निर्देश गोपाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उप निर्देशक यादव सुवेदीले गरेका थिए ।