रोल्पा १४ साउन अबैद्य सम्बन्धबाट जन्मेको बच्चा हत्या गरि गाडेको आरोपमा रोल्पा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले जंकोट–७ दमाकुर की ३० वर्षीया दलसरी डाँगी र जंकोट–३ तल्लो जंकोटका ३९ वर्षका सुकविर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
दलसरीलाई गत साउन ९ गते र सुकविरलाई साउन १२ गते घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध जिल्ला अदालत रोल्पामा ज्यान सम्बन्धी मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।।