काठमाडौँ, १४ साउन । नेकपा माओवादी केन्द्रले आगामी सरकारमा समावेशी र समानुपातिक मापदण्डका आधारमा मन्त्री बनाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन धेरै नेताले इच्छा व्यक्त गरेपछि माओवादी केन्द्रले समावेशी, समानुपातिक, योग्यता, क्षमता र दक्षताको आधारमा मन्त्री बनाउने भएको हो ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा पठाउने मन्त्रीहरूबारे बैठकमा छलफल भएको जानकारी दिँदै ककसलाई मन्त्री बनाउने भन्ने टुङ्गो अझै लागि नसकेको बताउनुभयो ।।