Indrenionline.com

आईसीसी टी २० विश्वकप : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं । आईसीसी टी २० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।

नेपालले १० वर्षपछि टी २० विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो। अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ।

यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्। नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो।