Indrenionline.com

दाङमा हावाहुरीले घर भत्किदा एक जनाको ज्यान गयो

इन्द्रेणी संवाददाता

शनिवार साँझपख एक्कासी तीव्र गतिको हावाहुरी चलेर घर भत्किएपछि एक  जनाको ज्यान गएको छ।

जिल्लाको तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो ।