बाँके । पेशागत मर्यादा विपरित काम गरेको भन्दै बाँकेको नरैनापुर गाँउपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ । पेशागत मर्यादा नाघेका नरैनापुर ४ खोदावाँ स्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरख बहादुर राना र सोही विद्यालयकि शिक्षिका रिता चौधरीलाई जेष्ठ १४ गते देखि लागु हुने पदबाट मुक्त गरिएको हो ।
शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउदै एमाले स्थानीय कार्यकर्ता विनय दिक्षितसहित केही तत्वहरु कार्यालयमा प्रबेश गरी कर्मचारीहरु माथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारवाहीका लागि गाँउपालिकाले पत्रचार गरेको जनाएको छ ।
शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न गाँउपालिका लागि परेको बताउदै शिक्षा शाखाका अधिकृत चौधरीले नरैनापुरले शिक्षा क्षेत्रमा गरेको राम्रो कार्यलाई देखेर केही तत्वहरु शिक्षा क्षेत्रको बदनाम गर्न लागि परेको भन्दै उनले शिक्षकहरुलाई विचलित नभएर अगाडि बढन् आग्रह गरेका छन् ।
