प्रेस सेन्टर नेपाल रुकुमले स्थापना गरि पहिलो पटक प्रदान गर्न लागेको प्रेमसमर साहसिक पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार सचिन रोकालाई प्रदान गरिने भएको छ । रोकाले बिशेषगरी युद्धपत्रकारिता मार्फत नेपाली पत्रकारितामा पुर्याएको योगदानलाई कदर गर्दै चौथो जिल्ला सम्मेलनको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर रुकुम सम्मेलन आयोजक समितिका संयोजक बिरबहादुर मल्लले जानकारी दिनुभयो ।