दाङ। नयाँ सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने भएको छ ।
नेकपा एमाले र माओवादीसहितको गठबन्धनबिच पाँचबुँदे सहमति गर्दै माओवादीका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति भएको हो ।
सहमतिमा प्रदेश सरकारबाट गर्ने सबै राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने सहमतिमा उल्लेख छ। महरा रोल्पा (क) बाट निर्वाचित प्रदेशसभाका सदस्य हुन् । महरालाई मुख्यमन्त्री बनाउने सहमति भएपनि एमाले, माओवादीले मात्रै वहुमत पुर्याउन सकस छ । यहाँ साना दल निर्णायक हुनेछन् ।
