दाङ । केन्द्रीय सत्ता समीकरण बदलिएपछि संकटमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने भएका छन् । उनले भोलि चैत २२ गते विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार चौधरीले बिहीबार अपरान्ह ४ बजे विश्वासको मत लिने कार्यक्रम छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत फागुन २३ गते माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी संकटमा परेका थिए ।
चौधरी कांग्रेस, माओवादीलगायतका दलहरुको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर अहिले केन्द्रमा एमाले, माओवादी लगायतको सत्ता समीकरण भएकाले विश्वासको मत नपाएपछि चौधरी वाहिरनेछन् ।
