काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका अभियुक्त खाम ठमेलबाट पक्राउ परेका हुन् ।
ठमेलबाट पक्राउ परेका खामलाई चितवन पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ । माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ।
यो मुद्दामा उनलाई अदालतले समेत दोषी ठहर गरिसेको छ । तर उनी फरार रहँदै आएका थिए। उनी माओवादी लडाकुका पूर्व कमाण्डर समेत हुन् ।
