पोखरा । पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्। मृत्यु हुनेमा दुवै जना पुरुष छन् ।
दुर्घटनामा घाइतेमध्ये ५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकी ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप अन्नपूर्ण गाउँपालिका ४ सल्लाघारीको थामडाँडामा अनियन्त्रित भएर सडकबाट झण्डै ४०० मिटर तल खसेको छ ।
