बाँके । गएको सोमबार होलीका दिन चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ। शाहीको शव बिहीबार टीकापुर सन्कट्टी घाटमा फेला पारेको हो ।
नदीमा वेपत्ता भएपछि उनको खोजीका लागि मंगलबारबाट सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो। होली खेलेपछि चिसापानीस्थित कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए। पुलबाट हाम फालेपछि पौडदै गर्दा विचमै लोकेन्द्र बेपत्ता भएका थिए।
