काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैछन्। चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आइबार परराष्ट्रमन्त्री श्रेष्ठ नौ दिनका लागि बेइजिङ जान लागेका हुन्।
परराष्ट्रमन्त्री श्रेष्ठले मंगलबार बेइजिङमा त्यहाँका विदेशमन्त्री यीलाई भेटदैछन् भने सोही दिन द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री श्रेष्ठ चैत्र १९ गते स्वदेश फर्कने छन्।
सत्ता समीकरण फेरिएपछि परराष्ट्र मन्त्री श्रेष्ठले विभिन्न देशका प्रतिनिधिहरुसँग भेटघाट गर्नु र नौ दिने लामो चीन भ्रमणमा जानुलाई चासोका साथ हेरिएको छ ।
