Indrenionline.com

दाहाल-ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँग ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग ओलीले भने, ‘प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो, अहिलेको समसामयिक विषयमा छलफल भएको छ।’

शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई सहभागी गराउने निर्णय गर्दै ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो।