दाङ । बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज पनि विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरिएको छ ।
विशेषगरी आज कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको महाशाखाले जनाएको छ। कोशी र मधेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
