नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशामा लैजानका लागि नयाँ कम्युनिष्ट घोषणापत्र आवश्यक परेको बताउनुभएको छ ।
कार्यक्रममा प्रचण्ड, बादल, मातृका यादव, मणि थापा लगायत माओवादीका विद्यार्थी संगठनहरुको एकता घोषणा गरिएको छ । यसअघि ति माओवादी पार्टीहरुको एकता भए पनि विद्यार्थी संगठनहरुको एकता भएको थिएन । एकता भेलाले नरेन्द्र न्यौपानेको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ ।