काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । दाहाल एमाले, माओवादीसहितको सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थिए ।
सभाको आज बसेको बैठकले दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो । सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले पक्षमा मत दिएका हुन् ।
कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत परेको थियो । उनी कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार थिए ।
