Indrenionline.com

समीकरण बदलिएपछि कांग्रेस कोटाका प्रदेश प्रमुख आउट्

काठमाडौं । केन्द्रमा सत्ता समीकरण बदलिएपछि तीन प्रदेशका प्रमुखहरु पद मुक्त भएका छन् । केन्द्रमा माओवादी, एमालेसहितको सत्ता समीकरण भएपछि काग्रेस कोटाबाट प्रदेश प्रमुख भएका मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त भएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस कोटाबाट नियुक्त प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। सरकारले मधेश प्रदेशका हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरेको हो । उनीहरूको ठाउँमा नयाँ नियुक्तिको सिफारिस सरकारले गरेको छ ।

मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता रेखा शर्माले बताएकी छन् ।