यातयात व्यवस्था बिभाग राप्ती तुलसीपुरले मोटरसाईकल र स्कुटीको लागि लिएको सवारी चालक अनुमपति पत्र (लाईसेन्स) को लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । हिजो सार्बजनिक नतिजामा परिक्षा दिएका मध्य ५ हजार १ सय ३३ परिक्षार्थी उतिर्ण भएको बिभागले जनाएको छ । उत्तिर्ण भएकाहरुकालाई साउन १५ गते मोटरसाईकल र स्कुटीको ट्रायल लिईने बिभागले बताएको छ ।