काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले स्थायी समिति बैठक तय गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका लागि गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए। हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ।
