काठमाडौं १३ साउन । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहका ९ बिषयमा खोलेको १ हजार १ सय १६ बिज्ञापनमा एक लाख बढि आबेदन परेको छ । २०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि गत जेठ ९ मा गरेको बिज्ञापनमा आबेदन दिनेको संख्या १ लाख १६ हजार ३ सय ४० रहेको आयोगले जनाएको छ । यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो ।
यसपालि निमावि तह तृतीय तहमा आवेदन दिएकामध्ये अनिवार्य नेपालीमा १ सय ६२ शिक्षक मागिएकोमा ४२ हजार ५ सय ९५ ले आवेदन दिएका छन । त्यस्तै, १ सय ७२ मा गरिएको सामाजिक विषयमा ३४ हजार ६ सय ११ ले आवेदन दिएका छन् , भने ३ सय २६ माग गरिएको अंग्रेजीमा २३ हजार ७१ ले आवेदन दिएका छन् ।
नेपाली, सामाजिक र अंग्रेजीजस्ता विशष देशभरि नै ठूलो संख्यामा आवेदन आएको भए पनि संस्कृत भाषा, संस्कृत व्याकरण र कम्युटर विज्ञानमा भने निकै कम मात्रामा आवेदन परेको पौडेलको भनाई छ ।
१ जना माग गरिएको संस्कृत भाषामा १० ले आवेदन दिएका छन् । भने २ माग गरिएको कम्प्युटर विज्ञानमा ५० र ४ जना शिक्षक माग गरिएको संस्कृत व्याकरणमा १४ जनाले दरखास्त दिएका छन् ।।