घोराही, १३ साउन । थरुहट तराई पार्टी नेपालको बैठक विहिबार घोराहीमा सम्पन्न भएको छ । पार्टीको जिल्ला अध्यक्ष शनिराम चौधरीको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय उपाध्यक्ष नन्द कुमार चौधरीको प्रमुख आतिथ्यमा तथा केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज तेजमान चौधरीको विशिष्ट आतिथ्यमा भएको बैठकमा विभिन्न निर्णय गरेको छ ।
उक्त भेटघाट तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय अध्यक्ष भानुराम चौधरी, वरिष्ठ नेता एवम सांसद गोपाल दहित, महासचिव मिनराज चौधरी लगायत नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको चौधरीले जानकारीदिनुभयो ।