Indrenionline.com

ललिता निवास प्रकरण : ३० वर्षपछि फेरि सरकारका नाममा जग्गा आउदै, को-को बाट फिर्ता आउदैछ जग्गा

काठमाडौं । २०५० साल देखि हिनामिना गरिएको ललिता निवास परिसरको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला गरेको छ ।

विशेष अदालतले सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हिनामिना गरिएकोमा नेपाल सरकारका २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित ७८ जनालाई दोषी ठहर गरेको छ । सरकारका नाममा भएको जग्गा सुनियोजित रूपमा हडपिएको १ सय ३६ रोपनी जग्गा अब जफत गरेर सरकारकै नाममा आउनेछ ।

ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको बनाउन संलग्न सरकारी कर्मचारी, बिचौलिया, भू माफिया र गैरकानुनी लाभ लिने ७८ जना दोषी ठहर भएका छन् । दोषी ठहरिएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ । हाल आफ्नो नाममा जग्गा रहेकामध्ये ६५ जना तथा सट्टाभर्नामार्फत् जग्गाधनीको हैसियतमा जग्गा प्राप्त गरेका १० जना गरी कुल ७५ जनाको नाममा रहेको जग्गा जफत हुने छ ।

सट्टाभर्नामार्फत जग्गा जफत हुनेमा को–को छन् 

१.भाटभटेनी डेभलपमेण्ट प्रा.लि.

२.चमेली श्रेष्ठ

३.बाबा कार्की

४.डीएल डेभसपर्स प्रा.लि.

५.माधवी सुवेदी,

६.अगम ढुङ्गाना

७.खेमलाल खरेल

८.लक्ष्मी ढकाल,

९.रजनी पनेरु,

१०. उमाकुमारी ढकाल्नी

अरु कसको भयो जग्गा जफत ?

१. बद्री लक्ष्मी श्रेष्ठ

२.कल्पना तुलाधर

३.शर्मिला बज्राचार्य (शाक्य)

४.प्रगति कंसाकार

५.गैरआवासीय नेपाली संघ

६.कामना गुरुङ

७.कल्याण गुरुङ

८.सज्जन कुमार चाचान

९.देवान्शी गोयल

१०.सरस्वती घले गुरुङ

११.सरला गुरुङ (घले),

१२.मनोज कुमार केडिया,

१३.मनोज कुमार गौतम,

१४.मन्ती गोर्खाली,

१५.निर्मलादेवी गोयल

१६.निकिता तुलाधर,

१७.अमिताभ तुलाधर,

१८.उमा प्रसाईं,

१९.युरिशोभा तुलाधर,

२०.रेणुका बज्राचार्य,

२१.सुविस्ता तुलाधर,

२२.अञ्जना तुलाधर

२३.चन्द्रिका कंसाकार

२४.सानुछोरी बज्राचार्य

२५. सिपिका खेतान

२६.सुष्मा बज्राचार्य (शाक्य)

२७.सन्ध्या शाक्य,

२८.संगिता राखेचा कोठारी बोथरा

२९.नुतन श्रेष्ठ

३०.धर्मशोभा शाक्य

३१.डिम्पल वंशल

३२.सरिता मानन्धर श्रेष्ठ

३३.गीता गौतम खनाल

३४.नितु गुरुङ

३५.रीता ओझा गौतम

३६.रत्नहिरा बज्राचार्य

३७.प्रतिमा वैद्य प्रधान

३८.प्रविण ताम्राकार

३९.विजय ताम्राकार

४०.माया शेर्पा गौचन

४१.महेशराजा तुलाधर

४२.द्वारिकादेवी श्रेष्ठ

४३.इन्द्रदेव गुरुङ

४४.ईन्दु शर्मा

४५.संदिप ढकाल

४६.भवानी जोशी जग्गा

४७.भारती पाण्डे

४८.विवेक कुमार सुवेदी

४९.केशव तुलाधर

५०.अनितादेवी कंसाकार

५१.ओम विरमान ताम्राकार

५२.अनिलमान ताम्राकार

५३.गोविन्दलाल संघाई

५४.गायत्री श्रेष्ठ (कंसाकार)

५५.पञ्चनारायण महर्जन,

५६.राधा सिग्देल आचार्य

५७.मचाबाबु प्रजापति

५८.रुपेश कुमार सुवेदी

५९.सरोज ढकाल

६०.पहलमान गुरुङ

६१.पुरुषोत्तम पौडेल

६२.प्रमोद शेरचन

६३. कनक हर्बल

६४.अच्युतराज श्रेष्ठ

६५.विजेन्द्र जोशी