ट्रायल साउन १५ गते तुलसीपुर, १२ साउन । यातयात व्यवस्था बिभाग राप्ती तुलसीपुरले मोटरसाईकल र स्कुटीको लागि लिएको सवारी चालक अनुमपति पत्र (लाईसेन्स) को लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
मोटरसाईकल र स्कुटीको सवारी चालक अनुमति पत्र लाईसेन्स लिनका लागि यहि साउन १ गते तुलसीपुरमा लिईएको लिखित परिक्षाको दुई हप्ता पछि मात्रै हिजो नतिजा प्रकासित गरिएको हो । लिखित परिक्षामा ६ हजार वढी सहभागी भएको बिभागले जनाएको छ ।।