इन्द्रेणी संवाददाता
तुलस्पिुर, २ बैशाख
दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सल्यानवाट तुलसीपुर आँउदै गरेको लु २ त २५५८ नं को ट्याक्टर तुलसीपुर नगरपालिका १ राम्री भन्ने स्थानमा गएराति दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर सडकवाट १ किलोमिटर तल खस्दा इन्जिन भाँचिनुका साथै टुक्रा टुक्रा परेको प्रहरीको भनाइ छ । यसैविच, सोही घटनास्थल नजिकै आज विहान १ व्यक्ति मृत अवस्थामा भेटिएका छन । दुर्घटनामा परी मृत्यु भएको हो वा अन्य कारणले ति व्यक्तिको मृत्यु हो भन्ने वारेमा केहि खुल्न नसकेको वताइएको छ । उक्त दुर्घटना र मृत भेटिएका व्यक्तिवारे अनुसन्धान थालिएको छ ।।