नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कांग्रेस र माओवादी केन्द्रको गठबन्धन निर्वाचन नगर्न कै लागि बनेको बताउनु भएको छ ।
उहाँले केपी ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको पक्षमा उभिएर काम गरेकाले आफ्नो पार्टीको समर्थन रहेको बताउनुभयो । अबको सरकारमा आफ्नो प्रतिपक्षमै बस्ने बिछुक्छेंको भनाइ छ ।
राष्ट्रपतिको भूमिका संंविधान मै प्रष्ट भएको भन्दै उहाँले वर्तमान समयमा सहमतीको सरकार नबने बहुमतको सरकारको आह्रवान गर्ने र त्यसमा ठूलो दल कांग्रेसले बहुमत पु¥याउनु नसके दोस्रो ठूलो दल एमालेले सरकारको नेतृत्व लिन सक्ने र तीन महिनामा बहुमत पु¥याउन पर्ने उहाँले बताउनु भयो ।
सभामुखको भूमिका अपरिपक्क देखिएको भन्दै बिजुक्छेंले सभामुखले आफ्नो भूमिकालाई निष्पक्ष राख्न सक्नु पर्नेमा जोड दिनु भयो ।