Indrenionline.com

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिता पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई पक्राउ गरिएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलद्वयलाई पक्राउ गरेको हो ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका आधारमा अख्तियारबाट अनुसन्धान हुँदा पौडेलद्वयले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।