नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आज बसेको हेडक्वार्टर बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि विकसित राजनीतिक परिस्थितिको समिक्षा गर्दै सकेसम्म सहमतिको सरकार बनाउने निर्णय गरेको हो ।