इन्द्रेणी संवाददाता
दाङ २ बैशाख,
दाङको तुलसीपुर ११ अश्वारामा विपत व्यवस्थापन तथा जोखिम कार्यदल गठन गरिएको छ । विपत आउनु पूर्व त्यसकोे तयारी र जानकारी, विपत आइलागे पछि बच्ने उपाय, खोजउद्धार र क्षेति विश्लेषणका विषयमा काम गर्न कार्यदल गठन गरिएको हो ।

जसको सदस्यमा तिलकबहादुर बस्नेत, सुमित्रा अधिकारी, चक्रबहादुर भण्डारी, सुशीला केसी रहनु भएको छ ।त्यस्तै करिश्मा बस्नेतको संयोजकत्वमा प्राथामीक उपचार कार्यदल गठन गरिएको छ । यस्तै शिबहरी भण्डारीको संयोजकत्वमा खोज तथा उद्धार कार्यदल गठन गरिएको छ ।।