तुलसीपुर उपमहानगरपालिका वडा नं. – १३ स्थित जङ्गलमा झुण्डिएको अवस्थामा तुलसीपुर ३का तुल्सिराम घर्ति र बसन्ती थापाको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
मृतक माइजू भान्जा रहेको खुलेको छ । मृत फेला पर्नेमा तुलसीपुर ३ का तुलसीराम घर्ती र सोही ठाउँ निवासी अन्दाजी ३४/३५ वर्षीय वसन्ती थापा रहेको उहाँले बताउनुभयो ।
अहिले प्रहरी घटनास्थलमा पुगेको र मृतकका आफन्ती आउदै गरेकाले शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
