Indrenionline.com

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) बिरामी भएपछि अस्पताल भर्ना भएका छन्।

दम बढेपछि उनलाई आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले नजाएको छ। उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन्। उनी नेकपा माओवादीले चलाएको दश वर्षको जनयुद्धमा पूर्णकालिन रहेका नेता हुन् । तर माओवादी शान्ति प्रक्रियामा आएपछि उनी माओवादी पार्टी छोडेर अर्काे पार्टीको नेतृत्व गरेर वाहिरिहेका थिए ।