इन्द्रेणी संवाददाता
बैशाख २, घोराही ।
दाङको घोराहीमा भोली र पर्सी लागेको राष्ट्रिय स्तरको ‘थारु साहित्यिक मेला– २०७३’ को तयारी अन्तिम चरणमा पुगेको छ । दुई दिनसम्म चल्ने साहित्यक मेलामा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलपरासी, रुपन्देही र काठमाण्डौमा बस्ने थारु साहित्यकारहरुको जमघट रहने छ ।

दुइदिने साहित्यक मेलाको उद्घाटन भोली नेपाल पत्रकार महासंघको हलमा उदघाटन गरिने छ । साथै भोली उद्घाटनको दिन थारु भाषाको विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको स्टल राखिने छ । यसैगरी पर्सी सौडियार ५, राजपुरगाउमा बृहत थारु साहित्यक छलफल गरिने छ । यसैगरि ५ नं प्रदेशको राजधानी दाङमा बनाउको लागि साहित्य माफर्त सरकारलाई दबाबको सिर्जना गरिने छ ।।