Indrenionline.com

यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिकै कारण भएको निष्कर्ष

काठमाडौं । गएको वर्ष माघ १ गते पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।

विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको छ ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज बिहीवार मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो ।

विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । यति एयरको एटीआर–७२–५०० दुर्घटनामा हुँदा ७२ जनाले ज्यान गुमाएका थिए ।