Indrenionline.com

मन्त्री फेरेर भए पनि कामलाई गति दिन्छु : प्रधानमन्त्री

मिक्लाजुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कतिपय मन्त्रालयका मन्त्रीले ठिकसँग काम गर्न नसकेको भन्दै मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा माओवादी केन्द्र मिक्लाजुङ –५ ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “म निरन्तरतामा क्रमभङ्ग गर्छु, सरकारले १० गते एक वर्ष पूरा गर्दैछ । ११ गते बाटै नयाँ ढङ्गले काम सुरू गर्ने तयारीमा छु।”