Indrenionline.com

अब एसईईमा नयाँ ग्रेडिङ प्रणाली

l8NnLahf/ l:yt sGof pRr dfWofdLs :s'ndf cfh af6 ;~rfng ePsf] P;Pn;L k/LIff lbb} ljBfyL{x? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं । यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने छ । “एसईईमा अब एनजी अर्थात् कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा नन ग्रेड हुने प्रणाली लागू हुँदैछ”, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले भने, “अब एसईईमा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने छ ।”

नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेको परीक्षा मार्गनिर्देशन कार्यक्रममा बोर्डका अध्यक्ष शर्माले २०८० मा एसईई हुँदैन भन्ने भ्रममा नपर्न पनि विद्यार्थीलाई आग्रह गरे ।
यस वर्षकै एसईईबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब कक्षा ११ पढ्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।

यसअघि बोर्डले एसईईको नतिजा नन ग्रेडेड नगरि प्रकाशित गर्ने गरेको थियो । बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो । अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसईईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ । कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्‍याएर परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष शर्माले बताए ।