Indrenionline.com

हेकुलीमा एक घरमा आगलागी हुँदा झण्डै ३ लाखको क्षति

इन्द्रेणी संवाददाता
दाङ, १ बैशाख
दाङको हेकुली ३ रावतगाँउ स्थित एक घरमा आगलागी हुँदा झण्डै ३ लाख रुपैयाँ वरावरको क्षति भएको छ ।

स्थानीय काजु चौधरीको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा घरमा रहेका सामान, नगद र जिन्सी जलेर नष्ट हुँदा २ लाख ७६ हजार ७ सय ७६ रुपैयाको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।।