काठमाडौँ, १२ साउन । पार्टी एकीकरण गर्ने उद्देश्यले मङ्गलबार अलगअलग बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बैठक जारी रहेको छ । दुवै पार्टीको बैठकमा एकतासम्बन्धी अवधारणापत्र पेस गरी छलफल जारी रहेको जानकारी नेताहरूले दिनुभयो ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक र पार्टी एकतासम्बन्धी प्रतिवेदन पेस भई छलफल जारी रहेको जानकारी प्रवक्ता मोहन श्रेष्ठले दिनुभयो । दुवै पार्टीले बुधबार एकतासम्बन्धी औपचारिक निर्णय गर्ने जनाएका छन् ।।