प्युठान, १२ साउन
प्यूठानमा बाढीपहिरोमा परी मर्नेको संख््या २० पुगेको छ । लागातार पहिरो खस्ने क्रम जारी रहेकाले मानविय तथा भौतिक क्षति भइरहेको खवर छ । फोप्ली गाविस ४ अधेरीमा पुनः पहिरोले ४ घर वगाउँदा ३ जनाको मृत्यू भएको छ भने ४ जना वेपत्ता भएका छन ।
यस्तै वाहानेमा सोमवार राती गएको पहिरोले पुरी वेपत्ता भएका तिन जना अझंै भेटिएका छैनन । जिल्लाको विभिन्न स्थानमा गएको पहिरा र बाढीमा परी अझै २४ जना वेपत्ता भएको खवर छ । पहिरोका कारण २ सय वढि घरहरु उच्च जोखिममा रहेका छन । गृह मन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइराला सरकारले क्षतिको तथ्याङ्क संकलन गरिरहेको जानकारी दिनुभयो ।।