Indrenionline.com

एनसेल मुख्य लगानीकर्ता आजियाटा नेपालबाट बाहिरिंदै

काठमाडौँ । नेपालमा अर्थतन्त्रको अवस्था खस्किँदै गएको सबैलाई खुलस्त थााहा छ । तर पनि यसको विषयमा न सरकारले गम्भिरतापूर्वाक लिएको छ न अर्थविद्यहरुले नै । यहाँ सर्वसाधारणलाई साँझ विहान हातमुख जोड्न नै मुस्किल भइसकेको छ भने स्वदेशमा केही सम्भावना नदेख्दा दैनिक हजारौं युवाहरु विदेशी रहेका छन् । यति मात्रै होइन नेपालमा लगानीकर्ताका लागि लगानीको वातावरण समेत छैन ।

लगानीको वातारण नभएपछि पुँजी पलायनको खतरा समेत बढिरहेको छ । विदेशी लगानी तान्नका लागि भनेर सरकारले तेस्रो लगानी सम्मेलनको तयारी गरिरहेको छ । तर यही बेला विदेशी लगानी रहेको एनसेल कम्पनी बिक्रीमा राखेर यसको माउ कम्पनी आजियाटा नेपालबाट बाहिरिन लागेको छ ।

आजियाटाको सञ्चालक समिति बैठकले नेपालबाट लगानी फिर्ता लैजाने निर्णय गरेको बुधबार एक विज्ञप्तीमार्फत जानकारी दिएको छ । यस निर्णयसँगै एनसेल कम्पनी बिक्रीमा राखिएको बताइएको छ । अर्थात् आजियाटाले एनएसलमा आफ्नो स्वामित्वको सबै ८० प्रतिशत शेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कम्पनीले गरेको उक्त निर्णयबारे नेपालको नियामक निकायलाई समेत जानकारी गराइसकेको छ ।

नेपालमा निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलमा मलेसियाको दूरसञ्चार कम्पनी आजियाटाको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी २० प्रतिशत शेयर भने नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा छ ।

नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले जानकारी दिएका छन् । एनसेलमा आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगेट घाटा भएको छ । कम्पनी घाटामा गएकाले नेपालबाट बाहिरिने निर्णय गरेको बताइएको छ ।

नेपालको खस्किँदो अर्थतन्त्र, राजनीतिक अस्थिरता र भ्रष्टाचारजन्य हैरानीका कारण विदेशी लगानीकर्ता पलायन हुने खतरा निरन्तर बढिरहेको छ । यसैको पछिल्लो उदाहरण हो– आजियाटाले एनसेलबाट लगानी झिक्नु । एनसेएलले अहिले नेपालको दूरसञ्चारलाई नै चुनौती दिदै देशका विभिन्न ग्रामीण क्षेत्रमा समेत मोवाइल सेवा फोर जी इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।