काठमाडौं–आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ ।पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी चलेपछि अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व नगर्दै संकटमा परेका छ ।
स्रोतका अनुसार ओली सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र वनमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ । उनीहरुले राम्रो काम गरेकाले पुनः मन्त्री बनाउने दाहालको योजना छ ।
माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने र ओली नेतृत्वको सरकारबाट नहोदोरिने नेताहरुमा जनार्दन शर्मा, कृष्णबहादुर महरा, राम कार्की, प्रभु शाह, हितराज पाण्डे, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, गौरीशंकर चौधरी, सीता नेपाली लगायतको नाम चर्चामा छ ।