लगातारको बर्षाका कारण दाङको बाघमारे देखी सल्यानको हाँडि जोडन सडक खण्डमा पहिरो खस्दा यातायात सेवा अबरुद्ध भएको छ । वर्षाका कारण सोही सडक खण्ड अन्तरगत पेदीखेला भन्ने ठाउमा पहिरो खस्दा यातायात सेवा अबरुद्ध भएको हो । दाङ वाघमारे गाविस ८ मा पर्ने ठुलोपैरो, हावाखाने डाँडा भन्ने स्थानमा पहिरो झर्दा र वाढीले बाटो कटान गर्दा गाडीहरु चल्न नसकेको स्थानिय रमेश परियारले जानकारी दिनुभयो । गाडि नचल्दा स्थानियको आवत जावतमा समस्या भएको छ ।
यस्तै सोही ठाँउको पेदिखोला सिचाइँ कुलोमा पहिरोले क्षति पु¥याएको परियाले वताउनुभयो । गत वर्ष जलवायु परिवर्तन कार्यक्रमको सहयोग अन्तर्गत ५ लाख ८८ हजार रुपैयामा निर्माण गरिएको सिचाइ कुलो भत्किएपछि कुलोको पानी वाटो र वस्तीमा बग्दा बाटो र खेतारी कटान भएको हो ।।