Indrenionline.com

दसैंको बिदा सकियो , आजबाट कार्यालयहरु खुल्ने

काठमाडौं : सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्।सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।