Indrenionline.com

सरकारले दियो भोलि शोक बिदा

काठमाडौं । सरकारले भोलि मंगलबार शोक विदा दिएको छ । बिदाइजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले शोक बिदा दिएको हो। आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक बिदा दिने निर्णय गरेको हो।

त्यस्तै ‘स्वदेश आउन चाहने सबैलाई उद्धार गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको गहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।