Indrenionline.com

पाल्पामा पहिरोमा पुरिएर दाङका एक जनाको मृत्यु

तानसेन । पाल्पामा पहिरोमा पुरिएर दाङका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहेका छन् ।

पहिरोमा जेसिबीसहित पुरिएका खडकाको उपचारको क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।

आइतबार बेलुकी ६ बजेतिर जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसिबीलाई पुरेको थियो ।

पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।