Indrenionline.com

तुइन चुडिएर कर्णालीमा एक जना बेपत्ता

मुगु । तुइनको डोरी चुडिँदा कर्णाली नदीमा खसेर मुगुका एक जना बेपत्ता भएका छन् ।

कर्णाली कोरिडोरको हुम्ला खण्डमा काम गर्दै आएका मुगुको सोरु गाउँपालिका–५ नेरा गाउँका ३८ वर्षका मक्करसिंह नेपाली हिजो बेलुका कर्णाली नदीमा खसेर वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बेपत्ता नेपालीको खोजी भइरहेको छ । तर उनको अवस्था पत्ता लागेको छैन । सरकारले तुइन विस्थापित गर्ने भने पनि त्यो व्यवहारमा अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन । कर्णाली क्षेत्रमा तुइनबाटै खसेर वर्षेनी धेरैको ज्यान जाने गरेको छ ।