Indrenionline.com

सल्यानमा भेटियो आफ्नै भकारीमा महिलाको शव

इन्द्रेणी संवाददाता

दाङ । सल्यानमा  आफ्नै भकारीमा एक महिलाको शव भेटिएको छ  । बिगत  तीन दिनदेखि बेपत्ता भएको भनिएकी एक महिलाको शव आफ्नै घरको अनाज राख्ने भकारीमा भेटिएको हो ।

जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेको सल्यान प्रहरीले जनाएको छ ।

रोका बिगत तीन दिन देखि हराएको खबर परिवारले गरेपछि गाउँले र आफन्तले उनको खोजी गरेका थिए । बिहीबार भने घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यन्य राख्ने भकारीभित्र उनको शव फेला परेको प्रहरी कार्यालय सल्यानको प्रहरी निरिक्षक तथा प्रवक्ता गोपाल श्रेष्ठले लेकाली बताए ।

मृतकको रोका घरमा मृतक महिलासहित उनका छोरा, छोरी र बुहारीसँग बस्दै आएक थिए । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।