दाङ ११ साउन । लगातारको बर्षा संगै दाङका खोता तथा नदिहरुमा बाढी आएपछि सम्भाबित जोखिम क्षेत्रमा सुरक्षाकर्मी खटाईएको छ । दाङका राप्ती, बबई नदि र अन्य खोलाहरु प्रभाबित क्षेत्रहरुमा सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
यसै बिच प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु देउखुरी जाने तयारीमा छन् । डुरुवा, फुलबारी, गोल्टाकुरी, पन्चकुले, पुरन्धारा, धनौरी सहितका गाबिहरुमा पनि उच्च सतर्कता अपनाएको उहाँले जानकारी दिनुभयो । यस्तै तुलसीपुर घोराही र घोराही , लमही सडक खण्डमा पर्ने पानी मुनिका सडकहरुमा पानीको बहाब बढी भएपछि गाडिहरु आवत जावत गर्न सकिरहेका छैन्न । सबै खोलाहरुमा पनि सम्भाबित दुर्घटनालाई रोक्न प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ ।