Indrenionline.com

बझाङमा भूकम्पले दर्जनौ घर भत्किए ६ जना घाइते, जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । पश्चिम नेपालमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प गएको गएको छ । आज दिउँसो ३ बजेर ६ मिनेटमा सो भूकम्पगएको हो ।

यसअघि २ बजेर ४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् । चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भूकम्पका कारण दर्जानौं घर भत्किएका छन् ।

सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा गाडी आवतजावत रोकिएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।